सुनको भाऊ कतिले बढ्यो ?

काठमाडौं, चैत २१ । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै बिहीबार तेजावी सुन ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, शुक्रबार पनि बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

बिहबिार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि चाँदी ७२५ रुपैयाँमै कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: