आगलागीका कारण एकको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं, चैत २२ । शुक्रबार राति काठमाडौंको लाजिम्पाटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

लाजिम्पाटस्थित नील सरस्वती चैतन्य मार्गमा रहेको धर्म महर्जनको ३ तले घरमा शुक्रबार राति आगो लागेको थियो । आगो लागेपछि उक्त घरमा भाडामा बस्ने ४० वर्षीय भेषबहादुर थापाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

याे पनि पढ्नुस  वार्ता नै नगरी ग्यास उद्योगी विरोधमा, बजारमा ग्यासको अभाव

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु भएका थापा शंकर होटलमा सुरक्षा गार्डको काम गर्ने गरेको प्रहरीले जनाएको छ । आगलागीमा बर्दिया राजापुर ९ का ३२ वर्षीय विवेक शाही र उनकी श्रीमती २५ वर्षीया गंगा घाइते भएका छन् । उनीहरु दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। गंगाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  राजमो सांसदका छवि स्वच्छः केसी

राति १२ बजे लागेको आगो प्रहरीले केही घन्टामै नियन्त्रणमा लिएको थियो।

कमेन्ट गर्नुहोस्