शक्रबारदेखि चितवन राष्ट्रिय निकुञ्जमा विक्रम बाबा मेला सुरु

चितवन, चैत २२ । नेपालकै पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज लाग्ने एक मात्र मेला विक्रम बाबा मेला शुक्रबारदेखि सुरु भएको छ । चैतेदशैंको अवसरमा लाग्ने निकुञ्ज मुख्यालयमा हरेक वर्ष लाग्ने विक्रम बाबा मेला शुक्रबारदेखि सुरु भएको हो । चैते दशैको अवसरमा हरेक वर्ष सो क्षेत्रमा विक्रम बाबा मेला लाग्ने गर्दछ ।

परापूर्वकालदेखि थारु जातिले पूजा गर्दै आएको विक्रम बाबाको पूजा हाल आएर सबै जातजातिले एक भएर चैते दशैंको अवसरमा औसीदेखि पूर्णिमासम्म पूजा९आजा गर्दै मनाउने गर्दछन् । यहाँ पूजाआजा गर्नाले सन्तान नभएकाहरूलाई सन्तान प्राप्त हुने र सन्तान हुनेहरुको संतान दीर्घायु हुने जनविश्वास रहेको छ । धार्मिक पर्यटकीय क्षेत्रको रूपमा चर्चित यो मेला औंसीबाट सुरु भई पूर्णिमासम्म चल्ने १५ दिन लामो मेला हो ।

परापूर्वकालदेखि थारु जातिले पूजा गर्दै आएको विक्रम बाबाको पूजा हाल आएर सबै जातजातिले एक भएर चैते दशैंको अवसरमा औसीदेखि पूर्णिमासम्म पूजा–आजा गर्दै मनाउने गर्दछन् ।मेलामा होटल, खुद्रा सामाग्री, कपडा लगायतका स्टलहरु रहेका छन् ।

मेलामा वनभोज खाने ठाउँ समेत रहेको छ । विक्रमबाबाको दर्शन गर्न जाने भक्तजनहरुहरुलाई राप्ती नदीमा डुङ्गाको समेत ब्यवस्था गरिएको निकुञ्जले जनाएको छ । साथै, मेलामा आउने झजनहरुको सुरक्षाक लागि निकुञ्ज सुरक्षार्थ खटिएको बटुक दल गणले विशेष सुरक्षा लागु गरेको गणपति समुन्द्र थापाले बताए । चितवन निकुञ्जभित्र सालको रुखको फेदमा पूजा गरेर मेला मनाउने गरिन्छ ।

मेला भर्न नेपाल, भारत तथा अन्य देशबाट समेत भक्तजनहरू आउने गरेको मेला आयोजकले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्