प्रधानमन्त्री रोजगार गरिब परिचयपत्र जस्तो नबनोस्ः नगरप्रमुख वड

धनगढी, चैत २२ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृवबहादुर वडले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई गरिव परिचय पत्रजस्तो बन्न नदिन आग्रह गरेका छन् ।

बिहीबार प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी प्रदेश स्तरको अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख वडले यस्तो आग्रह गरेका हुन् । पाउनुपर्ने गरीबले परिचयपत्र नपाएर धनीले पाउँदा समुदायमा नै समस्या देखिएको छ नगरप्रमुख वडले भने, ‘पाउनुपर्ने बेरोजगार ब्यक्तिले नपाएर प्रधानमन्त्री रोजगार कार्यक्रमको अवसर फेरि रोजगार भएका व्यक्तिले पाएमा त्यसले समस्या सिर्जना गर्न सक्छ ।

नगरप्रमुख वडले यस बिषयमा सचेत हुन पनि सबैलाई आग्रह गरे । अवसर लिनेहरु टाँठा बाठाहरु बढी हुन्छन् नगरप्रमुख वडले भने, ‘त्यसैले फाराम भर्ने बेला देखि नै होसियारी पु¥याउनुपर्छ । तत्कालीक जिल्ला विकास समितिले संकलन गरेको विवरणका आधारमा तयार गरिएका गरीब परिचयपत्र अहिले स्थानीय सरकारका लागि समस्या भएका छन् नगरप्रमुख वडले भने, ‘त्यसकारण यो कार्यक्रमका बिषयमा सबैलाई बुझाउनुपर्छ ।

नगरप्रमुख वडले डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेलामा पनि बेरोजगार फरामहरु युवायुवतीहरुले रातदिन लाईनमा बसेर भरेको स्मरण गराउँदै नगरप्रमुख वडले भने, ‘सस्तो लोकप्रियताका लागि गरिने कार्यक्रमले रोजगार होइन, बेरोजगारहरुलाई दुःखमात्रै दिएको छ । सरकारले गरिव परिचयपत्र वितरण गरेको भएपनि त्यसबाट कुनै किसिमको फाईदा लिन नसकेको गुनासो पनि नगरप्रमुख वडले गरे । अभिमूखीकरण कार्यक्रममा प्रदेशका ८८ वटै स्थानीय तहका ब्यक्तिहरु सहभागि छन् । कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: