ट्रक र पिकअप भ्यान ठोक्किदाँ २ जनाको मृत्यु

काठमाडौं चैत्र २२ । ललितपुरको धोवीघाटमा शुक्रबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

एकान्तकुनाबाट बल्खुतर्फ जादैं गरेको जनक शिक्षा सामाग्री केन्द्रको ना.१.घ. ५३३ नं.को ट्रक र विपरित दिशामा रहेको बा ७ च २१३१ नम्बरको पिकअप गाडी आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनाामा घाइते ट्रक चालक र अर्का १ जनाको जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अर्का घाइतेको भने मेडीसीटी अस्पतालमा उपचार भैरहेको महानगरीय प्रहरी प्रभाग सानेपाले जनाएको छ ।

यस्तै, ललितपुरको गोदावरी नगरपालिका ४ थैबमा आज मिनीट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा घर भई हाल थैव बस्ने भरत न्यौपानेको दुई वर्षिय छोरा कौशल छन् । चापागाउबाट थैबतर्फ जादैं गरेको बा.४ .ख ३९३९ नं.को मिनीट्रकले कौशललाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: