दुबैको सहमतिले मात्रै खोल्न सकिने ‘कन्सेन्ट कण्डम’ बजारमा

काठमाडौं, यौनसम्बन्धमा पार्टनरको सहमति जरुरी हुन्छ । बिना सहमित आफ्नै श्रीमती या पार्टनरसँग हुने सम्बन्ध यौन उत्पीडनको श्रेणीमा आउँछ । यदि पार्टनरको सहमतिमा सम्बन्ध भएमा मात्रै यसमा आनन्दका साथै सम्बन्ध समेत बलियो हुन्छ ।

त्यसो त संसारका बिभिन्न देशमा सहमतिमा मात्रै सम्बन्धको आन्दोलन नै चलेको छ । नेपाल लगायत कतिपय देशमा त कानुन नै बनेको छ । तर अहिले एउटा कम्पनीले कण्डम समेत सहमतिमा मात्रै खुल्ने दावी गर्दै बजारमा आफ्नो उत्पादन ल्याउने बताएको छ ।

यो कण्डमलाई कन्सेन्ट कण्डम अर्थात् सहमतिवाला कण्डमको नाम दिइएको छ ।

अर्जेन्टिनाको कम्पनी तुलिपन अर्जेन्टिनाले यो कन्सेन्ट कण्डम बजारमा ल्याएको हो । यो आफैंमा अचम्मको उत्पादन छ । किनभने यसलाई खोल्न दुबै व्यक्तिहरुलाई एकैपटक कण्डमको दुई किनारामा दबाब दिनु पर्छ । तुलिपनका अनुसार, यो कण्डम सुरक्षित हुनुका साथै यौन सम्बन्धमा सहमतिलाई प्रमुखता दिने प्रकारको छ । उनको अभियानको उद्देश्य नाफा कमाउनु नभई सहमतिबाट सम्भोगमा बढी आनन्द छ भन्ने कुरा प्रचार गर्नु हो ।

यो कण्डमलाई एउटा अभियानका रुपमा बजारमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । कण्डमको ट्याग लाइनमा लेखिएको छ– यो सानो प्याकेट दुई व्यक्तिको प्रयासबाट मात्रै खुलछ किनभने यसरी नै सहमतिबाट सम्बन्ध मजबूत हुन्छ ।

अहिले यो कण्डम ब्यूनस आयर्सहरुमा सित्तैमा बाँडिएको छ । यो वर्षको अन्तसम्म भने यो सबैका लागि उपलब्ध हुने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: