भरतपुर महानगर प्रमुख रेनु दाहालले गरिन जिल्ला कारागारको अनुगमन

चितवन, चैत २२ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबार भरतपुरमा रहेको जिल्ला कारागारको अनुगमन गरेकि छिन। अनुगमनका क्रममा प्रमुख दाहालले कारागारको वर्तमान अवस्था र सुधार गर्नुपर्ने वातावरणका बारेमा जानकारी लिएका थिए।

अनुगमनका क्रममा प्रमुख दाहालले कारागारलाई सुधार गृहका रुपमा विकास गर्नुपर्ने बताउँदै कैदीबन्दीहरुले पनि सोहि बमोजिम आफ्ना व्यवहारहरु सुधार गर्नुपर्ने बताइन। दाहालले भनीन्, ‘बिगतमा तपाईहरु जे जस्तो गतिविधि गरेर यहाँ आउनुभयो। अब सबै बिर्सनुस् र अबका दिनहरुलाई सच्याँउदै अगाडि बढ्नुस।

याे पनि पढ्नुस  भरतपुरमा अब अत्याधुनिक अटोल्याण्ड बन्छ-प्रमुख दाहाल

अनुगमनका क्रममा कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दीहरुको पाएको भन्दै यसको क्षमता बिस्तारका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने बताइन। सो अबसरमा अग्नि नियन्त्रक उपकरण तत्काल महानगरले उपलब्ध गर्ने बताउँदै समस्याको रुपमा रहेको ढल निकासको व्यवस्थापनका लागि महानगरपालिकाले पहल गर्ने बताइन। कारागारभित्र रहेका कैदी बन्दीहरुलाई सिप विकासका लागि महानगरपालिकाले सहयोग गर्ने समेत दाहालले बताइन।

याे पनि पढ्नुस  भरतपुरकी मेयर रेणु दाहालको लोकप्रियता बढ्दाे, ४० दिने कार्यभार सन्ताेषजनक

सो अबसरमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, प्रहरी प्रमुख सुशीलसिंह राठोरलगायतले महिला तथा पुरुष बन्दीगृहको अवलोकन गरेका थिए । सो अवसरमा बन्दीहरुको सामुहिक भान्छा, आराम कक्ष, स्वरोजगारमुलक कार्य क्षेत्र तथा खेलमैदानको अवलोकन गरे । भरतपुर कारागारमा ५०८ पुरुष र ५७ महिला कैदीबन्दी छन् । तीन जना आश्रित बालबालिका रहेका छन् ।

याे पनि पढ्नुस  ‘स्मार्ट सिटी’ का लागि गुरुयोजना निर्माणमा जुट्यो भरतपुर महानगर

कमेन्ट गर्नुहोस्