खेलकुद पत्रकार मञ्चको अध्यक्षमा सुवेदी निर्वाचित

काठमाण्डौं, चैत २२ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा निवर्तमान महासचिव प्रकाश तिमिल्सिनालाई १४ मत अन्तरले पराजित गरि आउँदो तीन वर्षका लागि अध्यक्ष चुनिएका छन । नेपाल टेलिभिजनका सुवेदीले ५५ मत पाउँदा हाम्रो खेलकुद डटकमका तिमिल्सिनाले ४१ मत प्राप्त गरे ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा सञ्जीव सिल्पकार निर्विरोध निर्वाचित भए। यसैगरी उपाध्यक्षहरुमा कान्तिपुर दैनिकका धुव्र तुलाधर ९७१० र इमेज च्यानलका निरञ्जन अधिकारी ९५७० मत सहित विजयी भए । महासचिवमा काठमाण्डौ पोस्टका प्रज्वल ओली ६३ मत ल्याएर निर्वाचित भए । सचिवमा अन्नपूर्ण पोस्टका गोविन्द रेग्मी ५८ मतसहित विजयी भए भने कोषाध्यक्षमा द राइजिङ नेपालका अञ्जन खड्का निर्विरोध भए ।

यसैगरी, महिला सदस्यमा राससकी मुना कार्की निर्विरोध निर्वाचित हुँदा तीन जना खुला सदस्यका लागि भने निर्वाचन भएको थियो । जसमा राजधानी दैनिकमा दिलबहादुर तामाङ (५०), खेलपाटी डटकमका हिमबिक्रम केसी (४४)र नागरिक दैनिकका अनिल मल्ल ठकुरी ३६ मत सहित विजयी भए । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले उद्घाटन गरेका थिए । यो समाचार उज्यालो अनलाइनबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: