तलब साढे २४ हजार भ्रष्टाचार आधा अर्ब

काठमाडौं, चैत २३ । नायब सुब्बा निजामती सेवामा सानै पद मानिन्छ। यिनको तलब २४ हजार ५०० मात्रै छ। तर, अकुत सम्पत्ति र आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन्। ठूलाठूला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहरु बढी संलग्न रहेको पुष्टि हुन्छ।

याे पनि पढ्नुस  यस्तो छ विद्युुत प्राधिकरणका कर्मचारीले घुस खाने तरिका (हेर्नुस भिडियो)

यातायात व्यवस्था कार्यालय कोसीका तीन लेखापाल (सुब्बा) करोडौँको भ्रष्टाचार मुद्दा खेपिरहेका छन्। लेखापाल सुरेश अधिकारीविरुद्ध ६१ करोड २८ लाखको बिगो दाबीसहित अख्तियारले मुद्दा चलाएको छ । लेखापाल देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालमाथि २१ करोड ६३ लाख भ्रष्टाचार अभियोग छ। तीनै जनको मुद्दा अदालतमा विचाराधीन छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

कमेन्ट गर्नुहोस्