स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु

सर्लाहीको बरहथवा नगरपालिकामा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका–१० मूर्तियाका ७० वर्षीय महन्थ महरा चमार रहेका छन् ।

गएराति करीब १२ बजे घरबाट शौच गर्नका लागि बाहिर निस्केका चमारलाई को २ च २१० नं को स्कार्पियोले ठक्कर दिएको थियो । ठक्करबाट उनी गम्भीर घाइते भएका थिए ।

याे पनि पढ्नुस  मध्यराति काठमाडौंको तीनकुनेमा स्कुटर दुर्घटना, चालकको मृत्यु

घाइते चमारको बरहथवास्थित एड्भान्स सञ्जीवनी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्जतर्फ लगिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ठक्कर दिने स्कार्पियो प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्