नेता प्रश्रितलाई हृदयघात !

नेकपाका नेता एवं साहित्यकार मोदनाथ प्रश्रितलाई हृदयघात भएको छ।  शनिबार पत्नी कवितासहित काठमाडौँबाट बुटवल जाँदै गरेका प्रश्रितलाई धादिङको गल्छीमा पुदा एकासी  हृदयघात भएको परिवारले जनाएकाे छ ।  हृदयघातपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

‘बुटवल जाँदै गर्दा एक्कासि छाती दुख्यो भनेपछि उहाँहरुलाई फिर्ता बोलाएको हुँ’, नेकपाका नेता समेत रहेका उनका छोरा विजय पौडेलले जानकारी दिए । उनले अहिले बुबाको अवस्था खतरामुक्तकाे बताए ।

उनको मुटुमा जमेको रगत हटाइ एनजीओ प्लास्टी गरिएको छ। उनी अहिले होसमा रहेको र अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: