खराब मौसमका कारण सर्यो मातृभूमि कप, चैत ३० गते हुने

काठमाडौं, चैत २४ । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमी कप’ चैत ३० गतेलाई सरेको छ ।

चैत २३ गते शनिबार हुने भनिएको खेल खराब मौसमका कारण स्थगित भएको थियो । धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले एक सूचना सार्वजनिक गर्दै खेल यही चैत ३० गते हुने जानकारी दिएका हुन्

नयाँबर्षको अवसर पारेर आयोजना हुने उक्त प्रतियोगिताको तयारी भइरहेको छ । मंगलबारदेखि पुनःकलाकारहरुको अभ्यास खेल हुने धुर्मुसले जानकारी दिएका छन् ।

प्रतियोगिताको मिति हेरफेर भएपनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिने छ । फाउण्डेशनले चैत ३० गतेका लागि फेरि टिकट खरिद गर्न सकिने बताएको छ भने ईसेवा मार्फत टिकट खरिद गर्न सकिने छ ।

 

कमेन्ट गर्नुहोस्