परदेशीको वास्तविक पिडामा आधारित आधुनिक गीत ‘परदेशीको बाध्यता’

एपिक नेपाल म्युजिक प्रालिको प्रस्तुतिमा वैदेशिक रोजगारीमा गएका युवाहरुको वास्तविक कथालाई समेटेर तयार पारिएको गायक दुर्गा रोक्का मगरको बास्तविक जीवन भोगाईमा आधारित गीत परदेशीको बाध्यता’ गीतको भिडियो बजारमा सार्वजनिक गरिएको छ ।

धन कमाउने सपनामा सात समुन्द्रपारी गएर भोगेका पीडा र परिवारबाट विछोड हुनुपर्दाको पीडालाई मार्मिक रुपमा समेटिएको छ । परिवारका सदस्यको अभावमा विदेशी भुमिमा भोग्नुपरेका पीडालाई आफन्त हरुमाझँमा बसेर पोख्न को लागी गायक सक्षम भएका छन ।

प्रेम घर्तीमगरको शब्द तथा दिपकराज विश्वकर्माको संगीत संयोजन गीतमा रहेको छ ।

मुकेश हुमागाईंको छायाँकन, राजेश कुमारको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘परदेशीको बाध्यता’ गीतको भिडियोमा सारिका केसी र दुर्गा रोक्का मगरको मनछुने अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: