विप्लव समूह सहमतिमा नआई सुख छैनः गृहमन्त्री थापा

पोखरा, चैत २४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव छिट्टै संविधानको दायरामा आउने दावी गरेका छन् ।

पोखरामा आइतबार भइरहेको क्षेत्रीय सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री थापाले देशमा पृथकतावादी समूहलाई समेत मूलधारमा ल्याउन सफल भएको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको जनाएका छन् । सिके राउतका गतिविधिलाई सरकारले मूलधारको राजनीतिमा ल्याएर देशको विकासमा समाहित गर्ने सहमति गरेको भन्दै संविधानविरोधीहरु विस्तारै संविधान स्विकार गर्न आइरहेको गृहमन्त्री थापाले दाबी गरे ।

संविधान विरोधी समूह अझै समस्या रहेकाले उनीहरुलाई पनि सहमतिमा ल्याउन सरकार लागिरहेको थापाले बताए । ‘विप्लव भन्ने समूहहरु शान्ति सुरक्षाको निम्ति बाधक भएकाले उनीहरुलाई पनि मूल प्रवाहमा ल्याउने प्रयत्न सरकारले गरिरहेको छ,’ थापाले भने, ‘आशा छ उनीहरु पनि सहमतिमा आउँछन् ।’ विप्लवमाथि भन्दा पनि संविधानविरोधी तत्वलाई प्रतिबन्ध लगाइएको हो । कसैले असंवैधानिक काम गर्न खोज्छ भने प्रतिबन्धको विकल्प छैन् । बादलले भने । संविधानको स्पिरिट अनुसार सरकार चलेकाले सुरक्षा व्यवस्थामा कुनै कमी नआउने र चनाखो रहन समेत निर्देशन दिएका चन् ।

प्रदेश प्रहरी गठनका निम्ति छिटै बाटो खोलिदिने थापाको भनाइ थियो । संसदमा छलफल हुन नपाएकाले प्रदेश प्रहरी सम्बन्धी ऐन ल्याउन नसकिएको थापाले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: