भाडा बढाएको विरोधमा इच्छुमतीका तरकारी व्यवसायी आन्दोलित

काठमाडौं, चैत २४ । काठमाडौंको टुकुचास्थित इच्छुमती तरकारी बजारका व्यवसायीहरुले ५० प्रतिशतभन्दा बढी भाडा वृद्धि गरेको भन्दै आइतबार संचालक विरुद्ध आन्दोलन सुरु गरेका छन ।

इच्छुमती तरकारी बजार व्यवसायी हक हित संघर्ष समितिले अप्रत्यासित भाडा वृद्धिको विरुद्ध संचालक संस्था हरित कृषि सहकारी संस्थाविरुद्ध आन्दोलन सुरु गरेको हो । हिसावसमेत नराखि जथाभावी भडा बढाएकाले आन्दोलन गरेको संघर्ष समितिका अध्यक्ष कुमार तिमिल्सिनाले बताए । बजारबाट उठाएको रकम हिनामिना गर्ने काम तत्काल बन्द नगरे कडा आन्दोलन गर्न बाध्य हुने आन्दोलनकारीले चेतावनी दिएका छन ।

बजार संचालक संस्थालाई आर्थिक हिसावकितावलाई पारदर्शी बनाउन र व्यवसायीहरुलाई डर, धाक देखाएर जथाभावी स्टल भाडा नलिन सचेत गराएको छ । व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न पनि संघर्ष समितिले संचालक समितिको ध्यानाकर्षण गराएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: