कांग्रेस एकतावद्ध भएर अघि बढे कसैले पछाडि पार्न सक्दैनः महामन्त्री कोइराला

भक्तपुर, चैत २४ । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा कसैले पराजित गर्न नसक्ने बताएका छन् ।

नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताए ।

याे पनि पढ्नुस  सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई पक्राउ

महामन्त्री डा. कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको बताउँदै ‘म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु, पार्टीलाई एकताबद्ध बनाएर लैजान सके कांग्रेसलाई कसैले जित्न सक्दैन, कांग्रेस फेरि ठूलो पार्टी हुन्छ’, भने ।

याे पनि पढ्नुस  नेकपाले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको कोइरालाको आरोप

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा ढकाल, प्रदेश नं ३ का प्रदेशसभा सदस्य रजनी जोन्छे, कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थ, भक्तपुर कांग्रेसका पूर्वसभापति गणेशमान चक्रधर, कांग्रेस नेता अष्टकुमार कबे, क्षेत्र नं १ का सभापति जीवन खत्री, नेता मदनकृष्ण श्रेष्ठ, सङ्घका जिल्ला सभापति सरु बानियाँ लगायतले कांग्रेससभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिए ।

याे पनि पढ्नुस  ‘सेनाभित्र बढ्दो सदाचारको क्षयीकरणले सेनामा ‘माइक्रो–म्यानेज्ड’को अवस्था सिर्जना हुनसक्छ’: प्रधानसेनापति

त्यसैगरी कांग्रेसका महामन्त्री डा. कोइरालाले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको आरोप लगाए । रासस

कमेन्ट गर्नुहोस्