सहकारी मार्फत खाद्यवस्तु बिक्रीका लागि खुलेको टेण्डरमा आवेदन शून्य

काठमाडौं, चैत्र २४ । सहकारी मार्फत खाद्यवस्तु बिक्री वितरणका लागि कसैले चासो देखाएका छैनन् । नेपाल खाद्य संस्थानले एक महिनाअघि नै टेण्डर आह्वान गरेपनि अहिलेसम्म कसैले निवेदन दिएका छैनन् ।

उपभोक्तालाई खाद्य वस्तुको सहज आपूर्तिका लागि संस्थानले सहकारी संस्था तथा डिलरहरुसँगको सहकार्यमा खाद्य वस्तु बिक्री वितरण गर्ने निर्णय गरेको थियो । हाल उपलब्ध स्रोत साधनले उपभोक्तालाई सहज रुपमा खाद्य वस्तु बिक्री वितरण तथा ढुवानी गर्न नसकेको कारण देखाउँदै संस्थानले सहकारी मार्फत खाद्य वस्तु बिक्री वितरण गर्ने निर्देशिका तयार गरेको थियो । गत फागुनमा बसेको संस्थानको सञ्चालक समिति बैठकले निर्देशिका स्वीकृत गर्दै टेण्डर खुलाएको थियो ।

याे पनि पढ्नुस  क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर

संस्थानका योजना विभाग प्रमुख एवं सूचना अधिकारी शंकर सापकोटाले महिना दिन सम्म पनि आवेदन नआएपछि समय थप गर्दै प्रचारप्रचारलाई समेत तीब्र बनाउने तयारी भइरहेको बताए । निर्देशिकामा संस्थानले नै विक्रेता नियुत्त गर्ने, विक्रेता तोकिने सहकारी संस्था नियमानुसार दर्ता, नवीकरण भएको खाद्य वस्तुको बिक्री गर्न अनुमति प्राप्त गरेको हुनुपर्ने, बिक्री मूल्य, विक्रेता कमिसन तथा सहकारीले खाद्य वस्तु बिक्री गर्दा संस्थानले तोकेको मूल्यमा बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै, संस्थानले सहकारीलाई पायक पर्ने आफ्ना गोदाम, डिपो तथा कार्यालय मार्फत खाद्य वस्तु उपलब्ध गराउनु पर्ने प्रावधान छ ।

याे पनि पढ्नुस  ज्यापू दिवसमा राष्ट्रपतिलाई निमन्त्रणा

संस्थानको संरचना पर्याप्त नभएकाले काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा खाद्य वस्तुको सर्भसुलभ आपूर्तिका हुन नसकेको निष्कर्ष सहित संस्थानले यस्तो निर्णय गरेको थियो । संस्थानको हालको संरचना र मौजुदा जनशक्तिले उपभोक्तालाई खाद्य वस्तुको सहज रुपमा आपूर्तिमा समस्या भएकाले सहकारी मार्फत खाद्य वस्तु बिक्री वितरण गर्ने निर्णय भएको संस्थानका सूचना अधिकारी सापकोटाले बताए ।

याे पनि पढ्नुस  सगरमाथाको वास्तविक उचाइ पत्ता लगाइने छः प्रधानमन्त्री

खाद्यवस्तु भण्डारण, प्रशोधन तथा प्याकेजिङ, ढुवानी सुरक्षित नहुनु, गुणस्तरीय र दक्ष नहुँदा बिक्री प्रर्वद्धन हुन नसक्नु तथा निजी व्यवसायीसँग प्रतिस्पर्धा गर्न नसक्नु लगायत कारणले संस्थानले खाद्यवस्तु बिक्री वितरण सहकारी मार्फत गर्ने निर्णय गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्