ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

रुपन्देही, चैत २४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मगंलापुरमा आइतबार बुटवल ग्यास उद्योगको ट्रक दुर्घटना भएको छ । बुटवल ग्यास उद्योगबाट ग्यास सिलिण्डर बोकेर बुटवल जाँदै गरेको लु १ क ८०० नम्बरको ट्रक मध्यान्ह १२ बजे मंगलापुर चोकमा एक्कासी पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बीच सडकमा स्कुटीले झुक्याएर दुर्घटना भएको ट्रक चालकले बताएका छन् । ट्रकमा २ सय ३० वटा ग्यास सिलिण्डर थिए।सबै सिलिण्डर सडकमा छरिएका कारण सडकमा सवारी साधन आवगनमा असहज भएको थियो ।

दुर्घटनामा २ वटा रेलिङ भाँचिएका छन् । ग्याँस सडकमा छरिएपनि विष्फोट नभएकाले ठुलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्