डोल्पा सदरमुकाममा रोकिराखेको जीप दुर्घटना

डोल्पा, चैत २४ । डोल्पाको सदरमुकाम दुनैमा रोकिराखेको जीप दुर्घटना भएको छ ।

ठुलीभेरी नगरपालिका ३ मा पर्ने कालिका मन्दिर नजिकै भे १ च २९४३ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । आइतबार बिहान रुपगाडबाट सदरमुकाम दुनैतिर आउँदै गरेको जीप रोकेर चालक नजिकैको सिटिजन्स बैँकमा पैसा साट्न गएका थिए । दुई जना यात्रु रहेको जीप आफै २० मिटर पछाडि गुडेर सडक भन्दा ३ मिटर तल तटबन्दमा बजारिएको थियो ।

दुबै जना यात्रु झ्यालबाट हाम फालेर बाहिर निस्किएकोले कुशल रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अभदेश बिष्टले जानकारी दिए । दुर्घटनाबाट जीपको पछाडिको भागमा सामान्य क्षति पुगेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: