आइतबार क्रान्तिकारी माओवादीको शक्ति प्रदर्शनः ठाउँ–ठाउँमा प्रहरी हस्तक्षेप, सुर्खेतमा ४ बस रोकिए

काठमाडौं, चैत २४ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले शक्ति प्रदर्शन गर्न लागेको छ । उसले आफ्नो खुला मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको सम्मेलन गरेर शक्ति प्रदर्शन गर्न लागेको हो ।

मोर्चाको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौँको भृकुटीमण्डपमा हुन लागिरहेको छ । सम्मेलनबाट देशभरीबाट प्रतिनिधि तथा समर्थक र शुभचिन्तक सहभागी हुन काठमाडौँ आइरहेका छन् । मोर्चाका अध्यक्ष तथा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । देशभरबाट उत्साहजनक सहभागी हुने उनले बताए । जनआन्दोलन दिवसको अवसर पारेर मोर्चाले आजै राष्ट्रिय सम्मेलन राखेको हो । अबको क्रान्तिको लागि मोर्चा जादुगरी हतियार भएको बताए । उनले क्राान्तिकारी संयुक्त मोर्चाको स्थापना र विकासका रुपमा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल स्थपना गरेको बताए ।

क्रान्तिकारी माओवादीले विशाल प्रदर्शन गरेर जनआन्दोलन दिवस समेत मनाउने भएको छ । दिउँसो १ बजेतिर सुरु हुने कार्यक्रमलाई पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ लगायतका नेताहरुले सम्बोधन गर्दैछन् । त्यसअघि काठमाडौंका विभिन्न स्थानहरुबाट विशाल र्यालीको आयोजना गरिएको छ । पूर्वमा गौशाला, पश्चिममा कालीमाटी, दक्षिणमा लगनखेल र पश्चिम उत्तरमा लाजिम्पाटबाट आएको र्याली भृकुटीमण्ड पुगेर सभामा परिणत हुनेछन् । यसैबीच प्रहरीले कार्यक्रम सहभागी हुन आउनेहरुलाई ठाउँठाउँमा अबरोध गरेको मोर्चाले बताएको छ । उसले तयारीकै बेलादेखि आफ्ना नेता–कार्यकर्ताहरुको गिरफ्तार बढाएको प्रहरीले काठमाडौँमा आउन लागेका गाडीहरुमा खानतलासी गर्नुको साथै अवरोध समेत गरेको छ ।राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सहभागि हुन दैलेख र सुर्खेतबाट आउँदै गरेको चारवटा बसलाई प्रहरीले सुर्खेतको छिन्चुमा रोकेको छ । बस रोकेर व्यापक खान तलासी गरी अखिल ९क्रान्तिकारी०का केस हिक्मत शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ । विद्यार्थी नेता शाहीलाई सुर्खेत मालपोत कार्यालयका अधिकृतलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार गरिएको प्रहरीले बताएको छ । हिरासतमा राखी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारीमा रहेको छ ।

शाहीलाई विनाकारण गिरफ्तार गरिएको भन्दै बसमा सवार क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरु आक्रोशित बनेका छन् र प्रहरी प्रशासनको ज्यादती र हस्तक्षेपका विरुद्ध नाराबाजी समेत गरेको पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्लाका इन्चार्ज दिपक शाहीले बताए । नेता शाहीले विद्यार्थी नेता शाहीको अविलम्ब रिहाइका लागि जोडदार माग गरेका छन् । उनले तत्काल रिहाई नगरिए कडा प्रतिरोध गरिने समेत चेतावानी दिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: