महेन्द्रनगर गइरहेकाे बस दाङमा दुर्घटना, ३ जना गम्भीर घाईते

महेन्द्रनगर आउदै गरेको बस दाङमा दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् भने तीन जना गम्भीर छन्।

 लु १ ख ८६३० नम्बरको बस  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका वडा नम्बर ३ जखेरा चोक नजिक दुर्घटना भएको हो। घाईतेहरुको दाङको लमही अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएकाहरुलाई थप उपचारको लागि अन्यत्र पठाइएको छ। पट्टा भाच्चिँदा अनियन्त्रित भएर बस दुर्घटनामा परेको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख बिष्णुबहादुर केसीले बताए । बस राजमार्ग देखि १० मिटर तल खसेको छ ।
तस्वीर: दिनेशखबर

कमेन्ट गर्नुहोस्

%d bloggers like this: