नागरिकता विधेयक खारेजीको माग राख्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, चैत २४ । नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ । नागरिकता विधेयकविरुद्ध संघर्ष समन्वय समिति नाम दिइएको समूहले सरकारले ल्याएको नागरिकता संशोधन विधेयक राष्ट्रघाती रहेको भन्दै तत्काल खारेज गर्न माग गर्दै विरोध प्रर्दशन गरिएको हो ।

विरोध प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी ९माले०, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीका नेता, कार्यकर्ताहरु सहभागी भएका थिए । उनीहरुले सरकारले एकपछि अर्को राष्ट्रघाती कदम चालेकाले त्यसलाई रोक्न विरोध प्रर्दशनमा उत्रनु परेको बताए । उनीहरुले नागरिकता छानविनका लागि तत्काल उच्चस्तरीय छानविन आयोग गठन गर्न पनि सरकारलाई दबाब दिएका छन् ।

प्रर्दशनकारीहरुले ‘गैरकानुनी नागरिकताको प्रमाण पत्र खारेज गर्ने सर्वोच्च अदालतको निर्णय लागू गर’, ‘नेपाल–भारत खुला सीमाना नियमन गर’ लेखिएको प्ले कार्ड प्रदर्शन गर्दै सरकारविरुद्ध चर्का नारबाजी पनि गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: