आइपीएलः यस्तो रह्यो सन्दीपको चौथो खेल

काठमाडौं, चैत २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानले रोयल च्लायेन्जर्स बेंगलोरविरुद्ध खराब प्रदर्शन गरेका छन् । ४ ओभर बलिङ गरेका सन्दीपले ४६ रन खर्चिएका हुन् । यद्यपि १ विकेट लिन भने सफल भए । सन्दीपले इङ्ग्ल्यान्डका अलराउण्डर मोइन अलीलाई आउट गरेका हुन् ।

यस्तो रह्यो सन्दीपको चौथो खेल

सन्दीपलाई दिल्लीले १० औं ओभरमा बलिङ गर्न ल्याएको थियो । मार्कस स्टोइनिसले पहलो बलमै स्टेटमा छक्का प्रहार गरे । दोस्रो बल डट गराउँदा तेस्रो बलमा स्टोइसनिसले १ रन लिदै कप्तान विराट कोहलीलाई स्ट्राईक दिए ।

अन्य तीन बलमा सन्दीपले तीन रन खर्चिए । सम्रगमा १० रन यस ओभरमा खर्चिए । १२ औं ओभरमा सन्दीपले ६ रन खर्चिए तर विकेट लिन सकेनन् । कोहलीले पहिलो, तेस्रो र पाँचौ तथा अलीले दोस्रो, चौथो र छैटौं बलमा १–१ गरि सिंगल रन जोडे ।

१५ ओभरको पहिलो बलमा अलीले सन्दीपलाई छक्का प्रहार गरे । सन्दीपले दोस्रो बल डट गराउँदा तेश्रो बलमा विकेटकीपर ऋषव पन्तबाट स्टम्पिङ आउट गराउँदै आफ्नो नाममा १ विकेट लेखाए । चौथो बलमा अक्षदिपले चौका प्रहार गरे । पाँचौ बल डट गराउँदा छैटौं बलमा १ रन खर्चिए ।

१७ ओभरको पहिलो बलमा विराट कोहलीले १ रन लिए । दोस्रो बलमा नाथले चौका प्रहार गरे । तेस्रो बलमा नाथले एक रन लिदै स्ट्राइक विराटलाई दिए । चौथो र पाँचौ बलमा विराट कोहलीले सन्दीपलाई छक्का प्रहार गरेपछि सन्दीप महँगो सावित हुन पुगे । अन्तिम बलमा १ रन दिदै आफ्नो स्पेल सकाए । सम्रगमा सन्दीपले यस ओभरमा १९ रन खर्चिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: