कोहलीको लज्जाष्पद हार, जित्यो दिल्लीले, सन्दीप र रवाडा बने निर्णायक

काठमाडौं, चैत २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप आबद्द दिल्ली क्यापिटल्सले रोयल च्लायेन्जर्स बेंगलोरलाई पराजित गरेको छ । दिल्लीले बेंगलोलाई ४ विकेटले पराजित गरेको हो । यो बेंगलोरको लगातार छैटौं हार हो । योसँगै बेंगलोरको प्ले अफको सम्भावना कठिन बनेको छ ।

चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १८. ५ ओभरमा ६ विकेटको क्षतिमा १५२ रन बनाउँदै आईपीएलको यो सिजानमा तेस्रो जित दर्ता गरेको हो ।

दिल्लीका लागि कप्तान श्रेयस ऐरले ५० बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६७ रनमा बनाए । ओपनर पृथ्वी शाले २२ बलमा २८, कोलिन इनग्राम २२, ऋषभ पन्त १८ रनमा र अक्षर पटेल ४ रनमा अविजित रहे । ओपनर शिखर धवन शून्य रनमा आउट भएका थिए ।

बेंगलोरका लागि कप्तान विराट कोहलीले ३३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४१ रनको योग्दान गरे । यस्तै मोइन अलीले १८ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३२,,एवी डी भिलियर्स १७, मार्कस स्टोइनिस १५ र अक्ष्यदीप नाथ १९ बनाए । अन्य ब्याट्सम्यानलरो दोहोरो अंक जोडन सकेन ।

दिल्लीका कागीसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । क्रिस मोरिसले २ र अक्षर पटेल र सन्दीप लामिछानेले समान १ विकेट लिए । सन्दीपले १ विकेट लिन ४ ओभरमा ४६ रन खर्चिए । यात बेंगलोरका नवदीप सैनीले २ तथा पवन निगी,टिम साउदी,मोइन अली र मोहम्मद सिराजले समान १ विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: