आइपीएलमा कोलकाताको चौथो जीत, राजस्थान ८ विकेटले पराजित

काठमाडौं, चैत २५ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटरार्डसले चौंथो जीत निकालेको छ। आइतबार राति भएको खेलमा कोलकत्ताले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै चौंथो जित निकालेको हो। जयपुरमा राजस्थानले दिएको १४० रनको लक्ष्य कोलकत्ताले १३ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर गर्यो। कोलकत्ताको जितमा क्रिस लीनले ५० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै सुनिल नारिनेले ४७ रन जोड्दा रोविन उथप्पाले २६ रन जोडे। सुबमन गिल ६ रनमा अविजित रहे ।

राजस्थानका श्रेयस गोपालले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा ३ विकेट गुमाएर १३९ रन बनाएको थियो। राजस्थानका लागि स्टिभ स्मिथले ७३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै जोस बट्लरले ३७ रन जोडे। कोलकत्ताका ह्यारी गुर्नेले २ विकेट लिए। जीतसँगै कोलकत्ता लीगको शीर्ष स्थानमा उक्लिएको छ। कोलकत्ताले ५ खेलबाट ८ अंक जोडेको छ। राजस्थान ५ खेलबाट २ अंकका साथ सातौं स्थानमा छ। प्रतियोगिता अन्तर्गत सोमबार सनराइजर्स हैदरावाद र किङ्स इलाभेन पञ्जावबीच खेल हुने छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: