कारले ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, चैत २५ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

बा.४९.प ५४२७ नम्बरको मोटरसाइकललाई बा १९ प ५०८९ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय दीपेन्द्र लामाको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

घाइते लामाको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा आइतबार साँझ ज्यान गएको र मोटरसाइकलमा पछाडि सवार काठमाडौं महानगरपालिका–३० बस्ने ३९ वर्षीय पञ्च खड्गीको मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

दुवै सवारीसाधन र कार चालक भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३४ वर्षीयको राजकुमार गौतमलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको पोखरेलले बताए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: