सरकारले खटाएका ठाउँमा नजाने चिकित्सकलाई कारबाही गर्छौंः स्वास्थ्यमन्त्री यादव

काठमाडौं, चैत २५ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले खटाएका ठाउँमा डाक्टरहरू जानैपर्ने र यसो नभए नियमअनुसार कारबाही गरिने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा पत्रकारहरूको प्रश्‍नमा उपप्रधानमन्त्री यादवले भने,ुसरकारले खटाएको ठाउँमा चिकित्सकहरू जानैपर्छ।ु सबैभन्दा बढी जनता गाउँमा बसेका हुनाले चिकित्सकहरू गाउँगाउँमै जानुपर्नेमा मन्त्री यादवको जोड छ। उनले भने, ‘म सहरमा मात्रै बस्छु भन्ने यो डाक्टरको माग हुनै सक्दैन ।’

चिकित्सकहरूको आन्दोलन संघीयता विरोधीहरूको षड्यन्त्र भएको पनि मन्त्री यादवले बताए । समायोजनमा विमति जनाउँदै सरकारी चिकित्सकहरू चार दिनदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारी आन्दोलनमा छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: