राप्रपाकाे प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप, अध्यक्ष थापासहित दर्जनाैं प्रदर्शनकारी पक्राउ !

राप्रपा नेपालले सोमबार काठमाडौंमा निकालेको ‘यालीमा प्रहरीकाे हस्तक्षेपपछि दाेहाेराे झडप भएकाे छ । प्रहरीले राप्रपा अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ ।

राप्रपा नेपालले निकालेको विरोध प्रदर्शनका क्रममा अध्यक्ष थापासहित उपाध्यक्षद्वय वुद्धिमान तामाङ , दिपक बोहरा लाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गर्दै भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेकाे राप्रपा नेपालकाे -याली प्रदर्शनीमार्गस्थित पद्मोदय मोडमा पुगेपछि प्रहरीले एक्कासी हस्तक्षेप गरेकाे थियाे ।

 

राप्रपाले ७ फागुनमा सरकारलाई बुझाएको २२ बुंदे ज्ञापनपत्र अविलम्व पुरा गराउन दवाव सृजनाका लागि रत्नपार्क हुँदै पुतलीसडकबाट -यालीसहित सिंहदरवार अगाडि पुगेर धर्ना दिने कार्यक्रम आयोजना गरेको थियो । झडपमा एक सय कार्यकर्ता घाइते भएको राप्रपाले जनाएकाे छ ।

फाेटाे : कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: