राप्रपाकाे प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप, अध्यक्ष थापासहित दर्जनाैं प्रदर्शनकारी पक्राउ !

राप्रपा नेपालले सोमबार काठमाडौंमा निकालेको ‘यालीमा प्रहरीकाे हस्तक्षेपपछि दाेहाेराे झडप भएकाे छ । प्रहरीले राप्रपा अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ ।

राप्रपा नेपालले निकालेको विरोध प्रदर्शनका क्रममा अध्यक्ष थापासहित उपाध्यक्षद्वय वुद्धिमान तामाङ , दिपक बोहरा लाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

याे पनि पढ्नुस  कमल थापालाई गगनको चेतावनीः पूर्व मण्डलेले कांग्रेसलाई सिकाउनु पर्दैन

हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गर्दै भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेकाे राप्रपा नेपालकाे -याली प्रदर्शनीमार्गस्थित पद्मोदय मोडमा पुगेपछि प्रहरीले एक्कासी हस्तक्षेप गरेकाे थियाे ।

 

राप्रपाले ७ फागुनमा सरकारलाई बुझाएको २२ बुंदे ज्ञापनपत्र अविलम्व पुरा गराउन दवाव सृजनाका लागि रत्नपार्क हुँदै पुतलीसडकबाट -यालीसहित सिंहदरवार अगाडि पुगेर धर्ना दिने कार्यक्रम आयोजना गरेको थियो । झडपमा एक सय कार्यकर्ता घाइते भएको राप्रपाले जनाएकाे छ ।

याे पनि पढ्नुस  हिन्दू धर्मको मुद्दामा कांग्रेससँग सहकार्य गर्न कमल थापाको प्रस्ताव

फाेटाे : कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्