लिविया युद्द : वार्ता असफल भएलगत्तै विद्राेहीकाे आक्रमकमा २१ जनाकाे मृत्यु, नेपाली शान्ति सेना सुरक्षित

लिवियाको राजधानीमा चर्किएको संघर्षमा शान्ति स्थापनार्थ रहेका नेपाली सेना सुरक्षित रहेको नेपाली सेनाले जनाएकाे छ । सोमबार अपरान्ह सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गरी त्यहाँ कार्यरत २ सय ३१ जना नेपाली शान्ति सेना सुरक्षित रहेको जानकारी दिएको हो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग २२ चैत्रमा भएको वार्ता असफल भएलगत्तै राजधानी त्रिपोली कब्जा गर्न विद्रोही समूहका नेता खलिफा हप्तरले आफ्ना लडाकूलाई निर्देशन दिएका थिए।

याे पनि पढ्नुस  लिबियामा डुंगा दुर्घटनामा कम्तीमा ९० जनाको मृत्यु

त्यस यता भएको संघर्षमा सोमबार अपरान्हसम्म २१ जनाको मृत्यु भइसकेको छ भने २७ जना घाइते भएका छन्। सेनाका अनुसार, विद्रोही समूह लिवियन नेसनल आर्मीले ‘नो फ्लाई जोन’ घोषणा गरेको छ। यसको अर्थ विमानस्थल विद्रोहीको कब्जामा छ।

‘तर, त्रिपोलीबाट ट्युनिसिया जाने सडकमार्ग चालु अवस्थामा नै छ’ सेनाको विज्ञप्तीमा भनिएको छ, त्यहाँ त्यहा तैनाथ युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिविया मिसनमा कार्यरत केही स्टाफहरुलाई उक्त मिसनले सडकमार्ग प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिसिया पठाउने कार्य सुरु गरेको छ।’

याे पनि पढ्नुस  लिबियामा मारिएका नेपालीको शव ल्याउने प्रयास जारी

नेपाली सेनाका अनुसार, संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा उक्त मिशनका प्रमुख घासन सलामे लगायत मिशनका उच्च पदस्थ पदाधिकारीहरु हालसम्म पनि राजधानी त्रिपोलीस्थित मिशन हेडक्वार्टरमा नै रहेका छन्। यद्यपी, विद्रोही समूह एलएनएले आक्रामक गतिविधि तीब्र पार्दै लगेपनि त्यहाँको सुरक्षास्थिति तनावपूर्ण बन्दै गइरहेको नेपाली सेनाले जनाएको छ।

याे पनि पढ्नुस  लिबियामा मारिएका नेपालीको शव ल्याउने प्रयास जारी

कमेन्ट गर्नुहोस्