छोरी बलात्कार आरोपमा बाबु पक्राउ

भक्तपुर, चैत २५ । विगत दुई वर्षदेखि डर र त्रास देखाएर आफ्नै सौतेलो छोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा सौतेलो बाबुलाई प्रहरीले पक्राउ गरेको छ।

चाँगुनारायण नगरपालिका २ दुवाकोटमा डेरा गरी बस्ने कक्षा ९ मा अध्ययनरत १५ वर्षीय सौतेलो छोरीलाई चैत १४ गते अपराह्न ४ बजे आफ्नै डेरा कोठामा बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले रामेछाप उमाकुण्ड गाउँपालिका ७ का ३५ वर्षीय रमेशकुमार बस्नेतलाई डेराकोठाबाटै पक्राउ गरेको हो।

छोरी बलात्कार गर्ने बाबुविरुद्ध किशोरीकी आमाले किटानी जाहेरी दिएलगत्तै प्रहरीले आरोपी बस्नेतलाई पक्राउ गरी सोमबारै भक्तपुर जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। त्यसैगरी चितवनमा आफ्नै छोरीलाई बलात्कार गरी एक व्यक्ति फरार भएका छन।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पीडितले प्रहरीमा उजुरी गर्नु अघि नै ती व्यक्ति फरार भएका हुन।प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार १५ वर्षीय ती पीडितले आज विहान प्रहरीमा आफ्नै बुबाविरुद्ध किटानी जाहेरी दिएकी हुन। पीडितलाई स्वास्थ्य परीक्षणका लागि मेडिकल पठाइएको छ। फरार व्यक्तिको खोजी भइरहेको डिएसपी रेग्मीले बताए।

प्रहरीका अनुसार ती बाबुले छोरीलाई विगत ३र ४ महिना अघिदेखि पटक पटक करणी गर्दै आएको किटानीमा उल्लेख छ। स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खवर गरेपछि ती व्यक्ति फरार रहेको प्रहरीले बताइएको छ। यो समाचार थाहा खबरबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: