जीप दुर्घटनाः ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो

अर्घाखाँची, चैत २५ । अर्घाखाँची जिल्लाको नुवाकोटको लात्तेबाजमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमा २ जनाको ज्यान गएको थियो । दुर्घटनामा परि प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षीय धनबहादुर रानाको घटनास्थलमै ज्यान गएको थियो ।

त्यस्तै जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा सन्धिखर्क नगरपालिका डिभर्नाका ३ वर्षीय प्रिन्स श्रेष्ठको तथा बुटवलमा प्रिन्सकी ३३ वर्षीया आमा विष्णुमाया श्रेष्ठको ज्यान गएको प्रहरी निरीक्षक गम्भीरजंग थापाले बताए । घाइते ८ जनालाई बुटवल रिफर गरिएको छ भने तीन जनाको सन्धिखर्कमा उपचार भइरहेको छ । यो खबर उज्यालो अनलाइनबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: