इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम लाई हराउँदै चेल्सी तेस्रो स्थानमा

काठमाडौं, चैत २६ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा चेल्सीले वेस्टह्याम माथि २–० को जित निकाल्दै ६६ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

वेस्टह्यामविरुद्ध जित दिलाउन इडन हाजार्डले नै दुबै गोल गरेका थिए । पहिलो हाफको २० औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका हाजार्डले अन्तिम समयमा पनि एक गोल थप्दै स्पष्ट तीन अंक दिलाउन सफल भए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: