सगरमाथको उचाई कम भयो, थाहा पाउन पुनः मापन गरिँदै

एजेन्सी । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गर्न सरकाले पर्वतारोहीको एक दल पठाउने भएको छ । २०७२ सालको महाभूकम्पपछि सगरमाथाको उचाइ घटेको हुनसक्ने विभिन्न अड्कलबाजीका बीच सरकारले यसको उचाई पुनः मापन गर्ने निर्णय गरेको हो । सरकारी अधिकारीले सोमबार चार सर्वेक्षक बुधबार सगरमाथाका लागि प्रस्थान गर्ने जानकारी दिएका छन् ।

भारतमा ब्रिटिश शासन गर्दाको समयमा सन् १८५५ मा सर्भे अफ इन्डियाको तर्फबाट जर्ज एभरेष्टले नापेपछि सगरमाथाको नामाङ्कन एभरेष्ट गरिएको थियो । त्यसपछि चीनले गैरकानूनी रुपमा सन् २००५ मा नापेर ८,८५० मिटर बनाएको थियो, इटाली र नेशनल जोग्राफीले समेत नापे तर भारतले मापन गरेको उचाई नै सर्वमान्य भयो ।

सन् २०१५ मा नेपालमा आएको विध्वंसकारी भूकम्पपछि भूकम्पका कारण सगरमाथाको उचाइ घटेको भन्ने बहस चर्कियो । नापी विभागले यो विषयमा पूर्ण विराम लगाउनका लागि २०१७ मा सर्वेक्षण दललाई मंजुरी दिएको थियो । भूकम्पपछि सगरमाथाको उचाइमा प्रश्न उठ्न थालेपछि हामीले सगरमाथाको पुनः मापन गर्न दल पठाउन लागेका हौं, नापी विभागका संयोजक सुशिल डंगोलले एफपीलाई बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: