बिराटनगरमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

जन्मसिद्ध नागरिकता प्राप्त गरेकाहरुको सन्तानलाई वंशजको नागरिकता वितरणमा सर्वोच्चले रोक लगाएपछि विराटनगरका युवाहरु आन्दोलित बनेका छन् । 

उनीहरुले मंगलबार दिउँसो विराटनगरको महेन्द्र चौकमा नागरिकता वितरणमा रोक लगाएको भन्दै प्रधानमन्त्री केपी ओलीबिरुद्ध नाराबाजी गर्दै प्रर्दशन गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे र सुनसरीका सहायक सिडओ ध्रुवबहादुर खडकाले सर्वाच्चको आदेशपछि मंगलबारदेखी अर्को परिपत्र नआएसम्मका लागि नागरिकता वितरण रोकिएको बताए ।

परिपत्रपछि मोरङबाट ९ सय ७८ले पाए वंशजको नागरिकता 
गृहले परिपत्र गरेपछि २० चैतदेखी जिल्ला प्रशासन मोरङले जन्मसिद्ध नागरिकता पाएका सन्तानलाई वंशजको नागरिकता दिन थालेको थियो । नागरिकता लिन दैनिक सयौंको भीड लागेपछि प्रशासनले टोकन सिस्टम लागू गरेर दैनिक दुई सय देखी दुई सय ५० जना सम्मलाई नागरिकता वितरण गरेको थियो । सहायक सिडिओ पाण्डेका अनुसार जिल्ला प्रशासन विराटनगरस्थित कार्यालयबाट ८ सय,  इलाका प्रशासन रंगेलीबाट एक सय २८ र उर्लाबारी इलाका प्रशासनबाट ५० गरि जम्मा ९ सय ७८ जना जन्मसिद्धका सन्तानले वंशजको नागरिकता प्राप्त गरेका छन् । यसैगरि रंगेली, उर्लाबारी प्रशासन कार्यालयबाट समेत करिब चार सयको संख्यामा वंशजको नागरिकता वितरण गरिएको छ । 

सुनसरीबाट ३ सय २७ जनाले लिए वंशजको नागरिकता
त्यस्तै जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि सर्बोच्चको आदेशपछि बंशजको नागरिकता बितरण कार्य रोकेको छ । सुनसरीका सहायक सिडिओ तथा प्रवक्त्ता ध्रुबबहादुर खड्काका अनुसार गृृहको परिपत्रपछि सुनसरीमा सोमबारसम्म धरानबाट २६, हरिनगराबाट ५१ र जिल्ला प्रशासन इनरुवाबाट २ सय ५० जनाले गरि जम्मा ३ सय २७  जना जन्मसिद्धका सन्तानले वंंशजको नागरिकता लिएका छन् ।

नागरिकता विधेयक संघीय संसदमा बिचाराधिन रहेको अवस्थामा सरकारले गृह मन्त्रालय मार्फत १९ चैतमा गरेकोपरिपत्र गरेर जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कार्य नियम संगत नभएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त्त रिट उपर सोमवार सर्वोच्चले बिधेयक संसदमा छलफल भएर पारित नभएसम्मकालागि नागरिकता बितरणमा रोक लगाउन सरकारलाई आदेश गरेको थियो ।

Source:nayapatrikadaily

कमेन्ट गर्नुहोस्

%d bloggers like this: