विप्लवका भीमदत्त नगरका इन्चार्ज जोशीलाई पक्राउ

नेकपा विप्लव कञ्चनपुरका एक कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले नेकपा विप्लव निकट भीमदत्त नगरका इन्चार्ज रधुबिर जोशीलाई सोमबार साँझ पक्राउ गरेको हो । 

विप्लव भीमदत्त नगरका इन्चार्ज जोशीलाई भीमदत्त नगरपालिका ९ घर नजिकैबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याईएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर विष्टले अनुसन्धानका लागि विप्लवका कार्यकर्ता जोशीलाई नियन्त्रणमा लिएको बताए । जोशीलाई प्रहरीले नेपाल भारतको ५ नम्बर सीमा पिलर नजिक क्षेत्रबाट पक्राउ गरेको जनाएकोछ । 

प्रवक्ता विष्टका अनुसार उनीमाथी अनुसन्धान भईरहेको छ ।  २८ फागुनमा सरकारले नेकपा विप्लवमाथी प्रतिबन्ध लगाएसंगै विप्लवका नेता कार्यकर्ता पक्राउ पर्न थालिएका छन् । 

नेकपा कञ्चनपुरले जोशीलाई छिमेकी गाउँलेको काममा रहेका बेला पक्राउ गरेको जनाएको छ । नेकपा विप्लव कञ्चनपुरका सचिव राजेन्द्र विष्ट(परिर्वतन)ले बिना कारण जोशीलाई पक्राउ गरेको बताए । नेकपा कञ्चनपुरले जोशीलाई रिहा गर्न माग गरेको छ । 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: