यस्तो पनिः सुदूरपश्चिममा साढे ३ लाख जना बराबर १ डाक्टर

सरकारले भर्खरै सार्वजनिक गरेको समायोजन सुचि अनुसार सुदूरपश्चिममा एक जना डाक्टर बराबर साढे तीन लाख बढि जनसङख्या रहने भएको छ। सुदूरपश्चिममा एक जना डाक्टरले ३ लाख ५७ हजार भन्दा बढि जनसङख्यालाई हेर्नुपर्ने देखिएको हो।

सुदूरपश्चिम प्रदेशमा ८७ जना चिकित्सकको दरबन्दी रहेकोमा ७९ जना डाक्टरको समायोजन संघीय सरकारको मातहतमा रहने अस्पतालमा भएको छ। सुदूरपश्चिममा अव २ जना कन्सलटेन्ट, ३ जना मेडिकल अधिकृत र ३ जना आयुर्वेदिक चिकित्सक मात्रै रहनेछन्। सुदूरपश्चिमको कुल जनसङख्या अहिले २८ लाख ५८ हजार भन्दा बढि भएकाले एक जना डाक्टर बराबर ३ लाख ५७ हजार भन्दा बढि जनसङख्या परेको हो। समायोजन हुन अगाडी भने सुदूरपश्चिममा एक जना डाक्टरको भागमा झण्डै ३२ हजार जनसङख्या मात्रै रहेको थियो।

यद्यपी डडेल्धुरामा रहेको साविकको उपक्षेत्रीय तथा अहिलेको डडेल्धुरा अस्पताल भने संघीय सरकारको मातहतमा राखिएकाले उक्त अस्पतालमा संघ रोजेका डाक्टरलाई समायोजन गरिने छ। सो अस्पतालमा पठाउने डाक्टरको सङख्याले प्रदेशमा एक जना डाक्टर बराबर अहिले देखिएको जनसङख्या केहि घट्ने छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १० हजार जनसंख्यालाई कम्तीमा तीन जना चिकित्सक चाहिन्छ। उक्त मापदण्ड पुरा गर्नका लागि सुदूरपश्चिममा साढे ८ सय बढि डाक्टर आवश्यक देखिएको छ।
श्रोतः दिनेश खबरमा नवराज पनेरु

कमेन्ट गर्नुहोस्

%d bloggers like this: