प्रचण्डले भित्र्याए विप्लवका नेता

काठमाडौँ, चैत २६ । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेश गराउदै प्रचण्डले आफ्नो निवास खुमलटारमा विप्लव समेत यसैगरि पार्टीमा आउने दाबी गरेका छन् ।

समय अभावका कारण धेरै कुरा गर्न नसकिने भन्दै प्रचण्डले जनताको हितमा आफैले लडेर ल्याएको अधिकारको रक्षा गर्दै यसलाई सदुपयोग गर्न समेत आग्रह गरेका छन् ।

समय मै नेताहरुले बुद्धि पुर्याएको भन्दै क्षमता, सक्रियताको आधारमा पार्टीमा जिम्मेवारी दिने कुरामा कुनै कमी नहुने समेत प्रष्ट पारेका छन् ।

कुनै किसिमको डर नमानेर पार्टीमा काम गर्न निर्देशन दिएका उनले भने, तपाईहरुको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मा मेरो भो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: