दलाई लामा बिरामी परेपछि अस्पताल भर्ना

चैत २७ । भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामा बिरामी परेपछि अस्पताल भर्ना भएका छन् ।

८३ वर्षिय लामा छातीमा सङ्क्रमण भएकोले उनलाई दिल्ली अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि ६० वर्षअघि उनी भागेर भारत पुगेका लामा निर्वासित जीवन विताइरहेका छन् ।

नोबेल शान्ति पुरस्कार पाएका लामालाई छातीमा सङ्क्रमण भएको चिकित्सकले जनाएका छन्। हजारौं तिब्बतीहरू भारतमा निर्वासनमा बस्दै आएका छन् । केही तिब्बती शरणार्थीहरू नेपालमा पनि छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: