प्रहरीको सुरक्षामा खुलाइयो वीर अस्पतालको ओपिडी टिकट काउन्टर

काठमाडौं, चैत २७ । प्रहरीले हस्तक्षेप गरी वीर अस्पतालको ओपिडी टिकट काउन्टर खुल्ला गरेको छ ।

समायोजनको विरोधमा सरकारी चिकित्सकले गत शुक्रबारबाट ओपिडी बन्द गरेर आन्दोलन चर्काएका थिए । सरकारको कडा निर्देशनपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रहरी लगाएर ओपिडी टिकट काउन्टर खुल्ला गरेको हो ।

सो क्रममा प्रहरीले आन्दोलनरत चिकित्सकमाथि दुर्व्‍यवहारसमेत गरेको गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले बताए । सरकारी चिकित्सकहरू समायोजनमा विमति जनाउँदै ६ दिनदेखि आन्दोलनमा छन् ।

सरकारी अस्पतालबाट सेवा नपाउँदा हजारौँ बिरामी उपचार नपाएर विचल्लीमा परेका छन् । थाहाखबरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: