सुनको भाऊ ह्वात्तै घट्यो

काठमाडौं, चैत २७ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  नयाँ वर्षको सुरुवातसँगै यस्तो छ बजारमा सुनको भाऊ

त्यस्तै, मंगलबार तेजावी सुन ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बुधबार बजारमा चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

मंगलबार चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी ७३० रुपैयाँमा कारोबार भइरहेको छ।

याे पनि पढ्नुस  अाज कतिले बढ्यो सुनचाँदीको भाऊ ?

कमेन्ट गर्नुहोस्