केयूकेएल हिजोको जस्तो पाराले होइन, छलाङ मारेर अघि बढ्नुपर्छः खानेपानी मन्त्री

काठमाडौं, चैत २७ । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) हिजोको जस्तो नभई तीब्रगतिले अघि बढ्नुपर्ने बताएकी छन् ।

केयूकेएलको ७औं वार्षिक साधारणसभा समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले केयूकेएलले अब छलाङ मार्नुपर्ने बताएकी हुन् । उनले केयूकेएलप्रति जनताको धेरै आशा रहेको बताइन् । मन्त्री मगरले भने, ‘जनताको स्वच्छ खानेपानीको अधिकारलाई केयूकेएलले पुरा गर्नुपर्छ । हिजोको जस्तो अवस्थाबाट यो चल्नु हुँदैन । पुरै छलाङ मार्नुपर्ने अवस्था आएको छ।’

याे पनि पढ्नुस  खानेपानी मन्त्री थारु पहिरनमाः भन्छिन्, ‘मौलिक भेषभुषालाई माया गरौं’

केयूकेएलमा स्थानीय नगरपालिका, निजी क्षेत्र र सरकारको लगानी भएकाले खानेपानीमा पनि सुरक्षित लगानी छ भन्ने सन्देश केयूकेएलले दिनुपर्ने मन्त्री मगरको भनार्इ छ ।

केयूकेएल स्थापना भएको ११ वर्ष पछि खानेपानी मन्त्री मगरले सबै शेयर धनीहरुलाई प्रमाणपत्र वितरण गरेकी छन्। साधारणसभाले केयूकेएलको जारी पूंजी १ अर्ब ५५ करोड पुर्याएको छ ।

याे पनि पढ्नुस  एमाले कञ्चनपुरका अध्यक्षले बिना मगर एमालेकी उम्मेदवार भन्दा पड़कियो ताली

केही तस्वीरहरु-

कमेन्ट गर्नुहोस्