हेमन्त ओलीलाई थुनामुक्त गर्न दायर रीट सर्वोच्चद्वारा खारेज

काठमाडौं, सर्वोच्च अदालतले विप्लव नेकपाका नेता हेमन्त प्रकाश ओलीलाई थुनामुक्त परेको रीट खारेज गरेको छ ।

ओलीलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै छोरी विपनाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन ।

यसअघि मंगलबार न्यायाधिश सपना प्रधान मल्ल र डम्बर बहादुर शाहीको इजलासमा उनको पेशी परेपनि हेर्न नमिल्ने भन्दै आजका लागि सरेको थियो ।

बुधबार न्यायाधीशहरु अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले खारेज गरेपछि प्रहरीलाई थुनामा राख्न बाटो खुलेको छ।

विप्लव नेकपाका शीर्ष नेता समेत रहेका ओलीलाई काभ्रेबाट गिरफ्तार गरिएको थियो ।

एनसेल आक्रमण प्रकरणमा ओलीको नाम जोडिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: