प्रहरी क्याम्प बन्यो वीर अस्पताल

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी ओलीले देशभरका सरकारी अस्पतालमा सेवा सञ्चालन भए–नभएको तथ्यांक मागेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले सेवा अवरुद्ध पारेको ६ दिन भइसकेको छ । तर, अस्पताल विकास समितिका चिकित्सकले बुधबार भने दैनिक एकदेखि दुई घन्टा सेवा सञ्चालन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका तीन सय सरकारी स्वास्थ्य संस्थामा आंशिक सेवा सञ्चालन गरिएको छ ।

याे पनि पढ्नुस  चाकडी र घुस दिन नसक्ने पत्र मन्त्रीलार्इ लेख्दै वीर अस्पतालका डाक्टरले दिए राजीनामा

डाक्टर आन्दोलनको प्रभावका आधारमा सरकारी धारणा बनाउने उद्देश्यले प्रधानमन्त्रीले देशभरका अस्पतालमा सेवाको अवस्था बुझ्न खोजेको हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए । सरकारी चिकित्सक संघ (गोदान) को अगुवाइमा अस्पतालको ओपिडी र अप्रेसन सेवा ठप्प पारिएको छ । सेवा अवरुद्ध हुँदा बिरामी मर्कामा परेका छन् । सरकारी अस्पतालमा दैनिक ४० हजारभन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिँदै आएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

याे पनि पढ्नुस  अख्तियार र सतर्कता केन्द्रले एकैचोटी सुरु गरे वीर अस्पतालको अनियमितता छानविन

कमेन्ट गर्नुहोस्