वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृतिमा सार्वजनिक बिदा दिइने

काठमाडौं, चैत २८ । भूकम्पको स्मृतिमा बारपाकमा सार्वजनिक बिदा दिइने भएको छ ।

गत २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा सार्वजनिक बिदा दिइने भएको हो । २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रविन्दू बनाएर आएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पमा परी धेरैले ज्यान गुमाएका थिए ।

उक्त धेरै भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

उक्त विनाशकारी भूकम्पमा परी सुलिकोट गाउँपालिकामा मात्र १ सय ३० जनाको मृत्यु भएको थियो । चैत २३ गते शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गत २०७२ साल वैशाख १२ गते गएको उक्त विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: