नयाँ चिकित्सकीय पद्धतिबाट बाझोपन भएकी महिलाले शिशु जन्माइन्

चैत २८ । ग्रिसका प्रजनन डाक्टरहरुले नयाँ चिकित्सकीय पद्धतीको प्रयोगबाट बाझोपन भएकी महिलाको गर्भबाट शिशुको जन्म गराएका छन् ।

नयाँ आइभिएफ पद्धतीअनुसार डाक्टरहरुले बच्चा जन्म गराउन तीन व्यक्तिको प्रयोग गरे। अन्ततः त्यो सफल भएको हो ।डाक्टरले यस पद्धतीअनुसार आमाको पेटमा उनकै डिम्ब, अर्की महिलाको डिम्ब र पिताको शुक्रकिट मिसाएका थिए । यस प्रक्रियाले बाझोपन भएकी महिलाको पेटमा स्वस्थ्य बच्चाको विकास भएको बताइएको छ ।

याे पनि पढ्नुस  पेटदेखि छातीसम्म शरीर जोडिएका जुम्ल्याहा शिशु !

बच्चा जन्म दिएकी महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। जन्मिएको शिशुको तौल २.९ केजीको रहेको छ। पुरुष शिशुको स्वास्थ समेत सामान्य रहेको छ।

डाक्टरहरुले आफूहरुले बाझोपनबाट ग्रसित दम्पतीबाट बच्चा जन्म गराएर चिकित्सकीय इतिहास रचेको दाबी गरेका छन् ।

यद्यपी वेलायतका चिकित्सकहरुले यस कार्य चिकित्सकीय धर्मभन्दा बाहिरको विषय भएको भनेर आलोचना गरेका छन् ।

याे पनि पढ्नुस  'डोनाल्ड ट्रम्प'का आमा-बुवालाई यस्तो सास्ती !

ग्रिसका डाक्टर पनागेयोटिस पस्थासका अनुसार सबै महिलालाई आमा बन्ने अधिकार छ। उनले भने,‘यस पद्धतीबाट बाझोपन भएकी महिला समेत आमा बन्न सक्छिन् ।’ २४ अन्य बाझोपनबाट पिडित महिला समेत यसै पद्धतीबाट ग्रिसमा आमा बन्ने तरखरमा छन् । वेलायतका चिकित्सकहरुले यस पद्धतीको विकास गरेको जनाइएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्