विप्लव नेकपा मकवानपुर जिल्ला इन्चार्ज पक्राउ

काठमाडौं, चैत २९ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको मकवानपुर जिल्ला इन्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका—८ फायरलाईनवाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन । यस अघि मकवानपुर प्रहरीले विप्लब नेकपाका कार्यकर्ता भएको आरोपमा चारजनालाई पक्राउ गरेर हिरासतमा राखेर विभिन्न मुद्दा चलाएको छ । समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: