यसकारण विदेशिन बाध्य हुन्छन देशप्रेमी नेपाली‍‍‍… (हेर्नुहोस् भिडियो)

समसामयिक विषयलाई समेटेर धनकुटा सर्ट मुभी (छोटो सिनेमा) निर्माण गरेको छ । ‘देशभक्तको ‘देश यात्रा’ शिर्षकमा पहिलो सर्ट मुभी निमाण गरेको हो ।

विष्णुविक्रम निरौलाको निर्देशन तथा ओमप्रकाश निरौलाको लेखनमा निर्माण गरिएको उक्त चलचित्रको मुख्य भूमिकामा निर्देशक निरौला, सन्जु लामिछाने, मानबहादुर राई, सुमिना बराईली र बाल कलाकारका रुपमा एविन निरौलाको अभिनय रहेको छ । देशप्रेमी मानिस जो कहिल्यै बिदेशिनु हुन्न, नेपालमा नै केहि गर्नुपर्छ भनेर समाजमा सन्देश फैलाएर हिड्ने मानिस अन्ततः ऊ आफै अन्य यूवा जस्तै विदेशिन बाध्य हुने विषय कथामा समेटिएको छ ।

बुद्धिमान बराईलीको संगीत तथा अनन्त अुराग र सुमिना बराईलीको गायन रहेको उक्त चलचित्रको छायांंकन निर्देशक निरौला, नवराज पौडेल र सन्तोष निरौलाले गरेका हुन् । धनकुटाको पाख्री बासमा छायांकन गरिएको उक्त चलचित्रको निर्माणमा नवराज पौडेल, मिलन राई, ध्रुब पौडेल, हरिमाया निरौला, नविना निरौला, मनिता राई, डि।बि। लिम्बू, किङ स्टुडियो र जालपादेवी मा।बि.पाख्रिबासको सहयोगी भूमिका रहेको छ ।

आफू लगायत सम्पूर्ण टिमको नै पहिलो प्रयास भएकोले उक्त भिडियो ‘देशभक्तको विदेश यात्रा’ हेरि आवश्यक सल्लाह–सुझाव दिन निर्देशक निरौलाले अनुरोध गरेका छन ।

हेर्नुहोस् भिडियो

कमेन्ट गर्नुहोस्

%d bloggers like this: