समकक्षी पुनरावलोकन समुह सन्तुष्टः ऐश्र्वयले गुणस्तरीय प्रत्यापन प्रमाणिकरणमा पर्ने

धनगढी, चैत २८ । विश्वविद्यालय अनुदान आयोगबाट खटिएको समकक्षी पुनरावलोकन समुह (पिआटी) को टोली ऐश्वर्य बहुमुखी क्याम्पसको समग्र व्यवस्थापनप्रति सन्तुष्ट देखिएको छ ।

५ दिनसम्मको अध्ययन अवलोकनपछि बिहीबार समकक्षी पुनरावलोकन समुहले क्याम्पस व्यवस्थापन समितिलाई सुझाव दिने क्रममा टोलीका संयोजक सुनिति हाडा श्रेष्ठले ऐश्वर्य बहुमुखी क्याम्पसको मापदण्ड चित्तबुझ्दो रहेको र चाँडै अन्तिम निर्णय लिने बताईन । दिएका सुझावहरु अझै राम्रो गर्नका लागि हुन श्रेष्ठले भनिन्, राम्रो छ हामी प्रतिवेदन बुझाउनु पूर्व आवश्यक परेमा एक पटक फेरी पुग्न सक्छौं ।

ऐश्वर्य बहुमुखी क्याम्पसको गुणस्तरीय प्रत्यापन प्रमाणिकरण (क्यूआरआर)का लागि फलोअप भेटघाटमा श्रेष्ठले पछिल्लो पटक क्याम्पसले मापदण्ड पूरा गर्दै लगेको बताईन । गुणस्तरीय प्रत्यापन प्रमाणिकरणको प्रमाणपत्र पाउनका लागि विश्वविद्यालय अनुदान आयोगले बिभिन्न ८ वटा मापदण्ड पुरा गर्नुपर्ने प्रावधान राखेको छ।

विश्वविद्यालय अनुदान आयोगबाट खटि आएका अन्तर्राष्ट्रिय विज्ञ ऋषिकेश सेनापतीले बिषयबस्तुको ज्ञानलाई मात्रै सिकाई उपलब्धिको रुपमा लिन नहुने बताए । उनले भने, ‘त्यस क्याम्पसको सामाजिक सम्वन्ध र उत्तरदायित्व, संचार पद्दतिलगायतका कुराहरुलाई समेत मुल्यांकनका आधार मानिनुपर्छ । यसले पूरा गरेको मामीले भेटायौं । सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार डा. हेमराज पन्तले ऐश्वर्य सामुदायीक क्याम्पसहरुमा गुणस्तरीय शिक्षा दिने क्याम्पसको रुपमा देशभरी परिचित रहेको बताए ।

ऐश्वर्य बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष तथा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफुहरु प्रमाणिकरणको प्रमाणपत्रका लागि मात्रै नलागेको बताए । उनले भने, ‘ऐश्वर्यप्रति समुदायको विश्वास भएकाले यसलाई अझै राम्रो बनाउन सकिन्छ । कार्यक्रमा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले टोलीले दिएका सुझावहरु पुरा गर्दै लैजाने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: