स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशित

काठमाडौं, चैत २९ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले शुक्रबार तीन बर्षे ब्याचलर अफ एजुकेशन (बीएड) को प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ ।

बीएड प्रथम वर्षको परीक्षा भदौं २०७५ मा आयोजित भएको थियो । कुल १६३७६ परीक्षार्थीमा मात्र ४७९५ जनाले परीक्षा पास गरेका छन् । २५८२ जना परीक्षामा अनुपस्थित भएका थिए भने ८५६ जना विषयगत अनुपस्थित थिए । ४ जना परीक्षार्थीले अमर्यादित व्यवहार गरेका कारण २ वर्षका लागि प्रतिवन्ध लगाएको छ भने १६ जना परीक्षार्थीको यो बर्षको परीक्षा बदर गरेको छ।

याे पनि पढ्नुस  त्रिविका सबै कार्यक्रमको मूल्यांकन अब ग्रेडिङमा गर्ने तयारी

५ जनाको परीक्षाको नतिजा रोक्का गरेको त्रिविले जनाएको छ । यो बर्ष २९ दशमलव २८ प्रतिशत विद्यार्थी मात्र पास भएका छन्।

बाँकी आँकडा यस्तो छ–

नतिजा हेर्नका लागि नेपाल टेलिकमको नम्बर रहेको मोबाईलबाट १६०२ मा डायल गरी प्राप्त निर्देशन अनुशार हेर्न सकिने छ । साथै मोबाईलमा  BED (Space) Roll No टाईप गरी ३३६२४ मा Send गरेर लम्धांक प्राप्त गर्न सकिने छ । साथै www.tu.net.np र www.edusanjal.com मा हेर्न सकिने छ ।

याे पनि पढ्नुस  त्रिभुवन विश्वविद्यालयमा पञ्चायतदेखिकै बेरुजु उठन बाँकी

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला ।

कमेन्ट गर्नुहोस्